२०८१ जेष्ठ ३१ - यस संघले काठमाडौँ महानगरपालिका संग सहकार्य र व्यवसायिक छलफल गर्नका लागी महानगरपालिकाको निकट भविष्यमा आउने बजेट र बजेट पूर्व काठमाडौँ महानगरपालिकाको उपमेयर श्री सुनिता डंगोलज्यू संग भेटघाट गरीएको थियो । उक्त भेटघाटमा सरकार र स्थानिय निकाय संग सहकार्य गर्दै जिल्ला भरका सबै उद्योगी व्यवसायीहरुमा सरकारी नीति नियमबारे जानकारी दिन, चेतना मूलक कार्यक्रम गरी कामगरी खाने वर्गलाई सहज दिन यस संघ प्रतिवद्ध भएको अध्यक्ष श्री दिनेश श्रेष्ठले जानकारी दिनुभएको थियो । साथै कर,राजस्व तथा अनुगमन समितिमा यस संघलाई पनि समावेश  गर्न , महानगरपालिका भित्रका उद्योग व्यवसायको अभिलेख राख्न , दर्ताका लागी सहकार्य गर्न अनुरोध गर्नुभएको थियो ।  यसै गरी स्वरोजगार महिला उद्यमी व्यवसायीहरुलाई कर, राजस्व, बहाल करमा छुट गरी  कृषि र औद्योगिक उत्पादन वृद्धिको आधारमा अनुदान दिई व्यवसायमा प्रोत्साहनका लागी र लागत कम गर्न उत्पादनका आधारमा अनुदान दिने कार्यक्रम आयोजनाका लागी अनुरोध गर्नुभएको थियो ।