२०७९ अशोज ११ गते नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौ द्वारा उद्योगी व्यवसायी , नेपाल राष्ट्र बैंक तथा बैंकरहरु विच "वित्तिय समस्या र समाधान " विषयक अन्तरक्रिया कार्यक्रम होटल येलो प्यागोडा, कान्तिपथमा सम्पन्न गर्यो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले वर्तमान वित्तिय समस्या र समाधान वारे देशै भरिका विभिन्न उद्योगी व्यवसायीहरु, जिल्ला उद्योग वाणिज्य संघहरू तथा वस्तुगत संघहरू वाट संकलन गरिएका बैकिंग सम्बन्धित समस्याहरू र समाधान वारे तयार गरिएको ज्ञापन पत्र नेपाल राष्ट्र वैंकका निर्देशक इश्वरी प्रसाद भट्टराई र वैंकर्स संघ नेपालका अध्यक्ष अनिल उपाध्याय लाई हस्तान्तरण गरेको थियो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ वाट उपाध्यक्ष अन्जन श्रेष्ठ , उद्याेग वाणिज्य महासंघ बागमति प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठ तथा केन्द्रीय कार्यसमिति सदस्यहरुको उपस्तिथि रहयो । कार्यक्रममा काठमाण्डौ जिल्लाका उद्योगी व्यवसायीहरु, बस्तुगत संघहरू , नेपाल उद्याेग वाणिज्य महासंघ संग आवद्ध जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरु र वस्तुगत संघहरु को उल्लेख्य सहभागीता रहेको थियो ।