२०८० चैत्र १८ र १९ - नेपाल सरकार बागमती प्रदेश उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय र नेउवामहासंघ - बागमती प्रदेशको सहकार्यमा आयोजित “बागमती प्रादेशिक महिला उद्यमी सम्मेलन २०८० ” मा यस संघका महिला समितिका ४ जना सदस्य श्री बिमला श्रेष्ठ , श्री इन्दिरा दाहाल गौत्तम , श्री यशोदा थापा मगर र श्री कृष्ण प्रभा जोशीले आआफ्नो व्यवसायको उत्पादनहरु सहित सम्मेलनमा सहभागिता भएको थियो ।
उक्त सम्मेलनमा उद्यमशीलता विकास ,वित्तिय पहुँच, टेवा पुँजी र प्रविधि सहयोग कार्यक्रम संचालन कार्यविधि अन्तर्गत बाग्मति प्रदेश महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय ( सामाजिक बिकास मन्त्रालय )बाट१ नगरपालिकाबाट १ जना उत्कृष्ट महिला उद्यमी छनौटमा यस संघका कार्यसमिति सदस्य एवं महिला समितिका सभापति श्री मिना गोपाली चन्द्रागिरि नगरपालिकाबाट छनौट भएको थियो ।