२०७९ असोज ३१ गते , सोमबार, नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौले नेपाल उद्योग वाणिज्य महासंघ संग आवद्ध वस्तुगत संघ, जिल्ला नगर उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौ संग आवद्ध संघहरुको नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको सम्मानमा होटल ऐलो प्यागोडा कान्तिपथमा एउटा कार्यक्रम विच स्वागत , बधाई तथा सम्मान प्रदान गरेको छ ।
कार्यक्रममा नेपाल उद्याेग वाणिज्य संघ काठमाण्डौका अध्यक्ष तथा महासंघका उपाध्यक्ष श्री दिनेश श्रेष्ठले सम्मानित संघहरूलाई बधाई पत्र प्रदान गरेको थियो। कार्यक्रममा महासंघका केन्द्रिय सदस्य तथा संघका उपाध्यक्ष श्री हेमराज ढकाल , केन्द्रिय सदस्य श्री भक्त बहादुर हमाल , महासंघ संग आवद्ध १९ वटा संघहरु तथा जिल्ला संग आवद्ध १२ वटा संघलाई बधाई तथा सम्मान पत्र द्वारा शुभकामना प्रदान गर्दै सम्मान गरिएको थियो ।