२०८१ बैशाख १४ - यस संघले “ डिजिटलाइजेसन मार्फत नेपाली उत्पादनको विश्वव्यापीकरण ” गर्ने उद्देश्यले ल्ऋक्ष्ऋप् ख्ष्चतगब िभ्हउय द्दण्द्दद्ध कार्यक्रम बैशाख १४ देखी जेष्ठ १५ सम्म १ महिनाको लागी आयोजना गरिएको थियो । उक्त एक्स्पोमा १०० भन्दा बढी प्रदर्शनकर्ताहरुले स्टल बुकिङ गरी सहभागी भएका थिए । एक्स्पोको उद्घाटन समारोह होटेल एल्लो प्यागोडा , कान्तिपथमा माननीय सञ्चार तथा सुचना प्रविधि मन्त्री श्री रेखा शर्माज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो । साथै कार्यक्रममा चेम्बर अफ कर्मशका अध्यक्ष श्री कमलेश अग्रवालज्यू , नेउवामहासंघका उपाध्यक्ष श्री सूरकृष्ण वैद्यज्यू , उपाध्यक्ष श्री हेमराज ढकालज्यूले वरिष्ठ अतिथिको आतिथ्यता ग्रहण गर्नुभएको थियो त्यसैगरी नेउवामहासंघका कार्यकारिणी सदस्यहरु , विभिन्न जिल्ला नगर उद्योग वाणिज्य संघ , वस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधहरु लगायत संघका सदस्यहरु कार्यक्रममा सहभागी हुनुभएको थियो ।