२०८० पौष २६ - नेपाल उद्योग वाणिज्य संघ काठमाडौँ  र भक्तपुर उद्योग वाणिज्य संघ  बीच समस्त उद्योग वाणिज्य क्षेत्रको हित र प्रवद्र्धनका लागि भातृत्व सम्बन्ध कायम गरी सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्र (MOU )  एकआपसमा  हस्तान्तरण कार्यक्रम यस संघको सचिवालयमा सम्पन्न गरीयो । उक्त कार्यक्रममा यस संघका अध्यक्ष श्री दिनेश श्रेष्ठ , उपाध्यक्ष श्री जय प्रसाद शिवाकोटी , उपाध्यक्ष श्री राजेन्द्र शेरचन  , महासचिव श्री दुर्गा राज श्रेष्ठ र कोषाध्यक्ष श्री प्रदिप मान प्रधान उपस्थिति थियो । यसैगरी भक्तपुर उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष  श्री शिव प्रसाद मानन्धर , उपाध्यक्ष श्री कृष्ण मुरारी न्यौपाने , उपाध्यक्ष श्री राजेन्द्र प्रसाद प्रजापति , उपाध्यक्ष श्री गणेश हरि प्रजापति,  महासचिव श्री दिनेश गोसाई , कोषाध्यक्ष श्री सचिन्द्र प्रधानाङ्ग , का.सदस्य श्री अमर मानन्धर , का.सदस्य श्री नविन प्रजापति उपस्थिति थियो ।