नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौ द्वारा जिल्ला प्रशासन कार्यलय काठमाण्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रशाद रिजाल लाई स्वागत गर्दै चाँड पर्व नजिकिदै गर्दाको अवस्थामा आपूर्ति सहज गर्ने , वजार अनुगमन लाई व्यवस्थित गर्ने , सामान ढुवानी गर्ने समयाअवधि थप गर्ने, मदिरा जन्य पदार्थको विक्री वितरणको समयाअवधि थप गर्ने ,जग्गा मूल्याङकन , कोरोना माहामारी नियत्रण गर्न सावधानी लिने लगायत समसामयीक विषयहरुमा छलफल गरियो ।
छलफल कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी , माहानगरीय ट्राफिक प्रहरी प्रभागका एस एस पी जनक भट्टराई , नेपाल उद्योग वाणिज्य संघ काडमाण्डौका उपाध्यक्ष हेमराज ढकाल , जय प्रशाद शिवाकोटी, राजेन्द्र शेरचन ,महासचिव रमानाथ श्रेष्ठ, सह कोषाध्यक्ष दुर्गाराज श्रेष्ठ तथा कार्यसमिति सदस्य श्री सदिश श्रेष्ठ, महेन्द्र कुमार गोयल , नानीराज घिमिरे, गोविन्द प्रशाद बराल ,अमूल काजी तुलाधर , शंकरापुर उद्योग वाणिज्य संघ का अध्यक्ष सुरेन्द्र वहादर श्रेष्ठ तथा सदस्य सत्यनारायण श्रेष्ठ को सहभागीता थियो ।