२०७८ पौष ५ गते नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौ द्वारा महत्वपूर्ण चार वटा समितिहरुको गठन गरेको छ । होटल प्यासाफिक, कान्तिपथमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा नेपाल उद्योग वाणित्य संघ काठमाण्डौका अध्यक्ष श्री दिनेश श्रेष्ठले वाणिज्य तथा आपूर्ति ,भन्सार ,सुचना प्रविधि तथा व्यापार मेला समितिका सदस्यहरलाई मनोनयन पत्र वितरण गरेको छ ।
समितिका समापति श्री दुर्गा राज श्रेष्ठ ( वाणिज्य तथा आपूर्ति समिति), श्री सदिश श्रेष्ठ ( व्यापार मेला समिति), श्री दिपक भण्डारी ( सुचना प्रविधि समिति) र राजेन्द्र संग्रौला (भन्सार समिति) अन्तर्गतका समितिहरुमा ३० जना विभिन्न वस्तुगत संघ , क्षेत्रगत व्यवसायी संघ र उद्योगी व्यवसायीहरूलाई मनोनयन गरी मनोनयन पत्र वितरण गरेको छ ।
उक्त कार्यक्रममा यस संघका कार्यसमिति सदस्य श्री प्रदिप मान प्रधान लाई नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालको कार्यसमिति सदस्यमा निर्वार्चित हुनुभएकोमा बधाई दिने कार्यक्रम समेत रहेको थियो।