आज २०८० जेठ ३० गते , होटल एल्लो प्यागोडा , कान्तिपथमा यस नेपाल उद्योग  वाणिज्य संघ काठमाण्डौ द्वारा आर्थिक विधेयक २०८० /८१ मा रहेका कर सम्बन्धि परिवर्तित व्यवस्थाहरू र त्यसले पारेका प्रभावहरू तथा समस्याहरू सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरियो।  उक्त कार्यक्रममा यस संघ संग आवद्ध उद्योगी व्यवसायीहरु , विभित्र जिल्ला नगर संघहरू तथा वस्तुगत संघहरुको बाक्लो उपस्तिथि विच वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट श्री शेषमणी दाहालको प्रस्तुति सहित संघका अध्यक्ष श्री दिनेश श्रेष्ठ द्वारा कार्यक्रममा निजी क्षेत्र लाई परेका समस्याहरु वारे जानकारी गराउदै कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमको पहिलो सत्रमा नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौ र नेपाल फ्रेट फरवार्डस संघ ( NEFFA) विच नेपालमा निर्मित वस्तुहरुको निर्यात गर्दा जारी गरिने उत्पतिको प्रमाणपत्र ( COO) नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौ बाट जारी गराउने वारे सम्झौता (MOU) गरियो ।
 
 
 
 
 
 
 
 
 
No photo description available.
 May be an image of 5 people and television