२०८० माघ २१ अमृत भोग  इभेन्ट भेन्यु , कालिकास्थानमा  यस नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष श्री दिनेश श्रेष्ठले कार्यक्रम , तालिम तथा प्रशिक्षण समिति , आयात निर्यात समिति , नीति तथा कानुन अध्ययन सुझाव समिति  , रोजगारदाता समिति  , सामाजिक समितिलाई पूणर्ता दिएको छन् । कार्यक्रम , तालिम तथा प्रशिक्षण समितिका सभापतिमा संघका का.सदस्य एवं नेपाल टेलरिङ्ग व्यवसायी महासंघका अध्यक्ष श्री सदिश श्रेष्ठ छन् भने  आयात निर्यात समितिका सभापतिमा संघका का.सदस्य श्री  कुशन प्रधान छन् यसैगरी नीति तथा कानुन अध्ययन सुझाव समितिका सभापतिमा संघका का.सदस्य श्री शिशिर बहादुर गौतम  , रोजगारदाता समितिका सभापतिमा श्री सागर शाक्य र  सामाजिक समितिका सभापतिमा श्री दीपक भण्डारी छन् । उक्त समितिहरुमा  तपशिल बमोजिमका उद्योगी , व्यवसायीहरुलाई मनोनित गरी मनोनयन पत्र वितरण गरिएको  थियो ।

कार्यक्रम , तालिम तथा प्रशिक्षण समितिमा सह सभापतिमा नेपाल कस्टम तथा डिजाइनर्स संघका अध्यक्ष  श्री राज मान डंगोल , समितिका सदस्य पदमा श्री  मिना गोपाली , जुक्ता उत्पादक संघ नेपालका उप महासचिव श्री दिपेन्द्र थापा  , नेपाल शैक्षिक परामर्श संघका सह कोषाध्यक्षश्री  विकल्प राज पोख्रेल  , अप्टिक आइजका प्रबन्धक निर्देशक श्री मनोज धिमाल ,  ईन्टर मिडिया पल्स प्रा.लि. का प्रबन्धक निर्देशक  श्री पर्वत श्रेष्ठ मनोनित भएका छन्।  

आयात निर्यात समितिको सदस्यमा काठमाडौँ विद्युतिय व्यवसायी संघका अध्यक्ष श्री दिवेश कुमार जैन , उपाध्यक्ष श्री मिलन शिवाकोटी उपाध्यक्ष , बागमती प्रदेश हस्तकला संघका महासचिव श्री मनमोहन सिंग मल्ल  , जुक्ता उत्पादक संघ नेपालका कोषाध्यक्ष श्री अनुप मानन्धर  , ग्लोबल आई  ट्रेडका श्री केशव प्रसाद मैनाली , नेपाल भन्सार एजेन्ट संघका सदस्य श्री  सन्तोष पोखरेल , रुचिका ट्रेड कन्सर्नका श्री ऋषि कुमार अग्रवाल ,  श्री अवानिश प्रधानङ् मनोनित भएका छन्।  

नीति तथा कानुन अध्ययन सुझाव समितिको सदस्य पदमा नेपाल वितरक संघका सदस्य श्री अशोक कुमार कँडेल , नेपाल भन्सार एजेन्ट संघका श्री बोलाराम पाण्डे , अधिवक्ता श्री दामोदर तिमल्सिना , भन्सार एजेन्ट श्री उपेन्द्र राज पाण्डे  , चार्टर्ड एकाउन्टेन्ट श्री  स्थीर बुढाथोकी मनोनित भएका छन्।  

रोजगारदाता समितिको सदस्य पदमा  खिचापोखरी न्युरोड व्यापार संघका महासचिव श्री राम कुमार पण्डित , जुक्ता उत्पादक संघ नेपालका सचिव  श्री योगेन्द्र पाण्डे ,नेपाल पर्यटक यातायत व्यवसायी संघका महासचिव श्री केदारनाथ कट्टेल पन्चकन्या बचत तथा ऋण सहकारी संस्थाका  श्री बादल ढकाल , अनन्या हलिडेज प्रा.लि.का प्रबन्धक निर्देशक  श्री सरल प्रधान  , बाजेको सेकुवा प्रा.लि.का प्रबन्धक निर्देशक श्री नितिमा भण्डारी कार्की  ,  , ट्राभल डेक्स प्रा.लि.प्रबन्धक निर्देशक श्री प्रवल चित्राकार र श्री रिभा शाह मनोनित भएका छन्।  


सामाजिक समितिको सदस्य पदमा  नेपाल पर्यटक यातायत व्यवसायी संघका उपाध्यक्ष श्री विनोद तामाङ् ,ईपिक कम्प्यूटर्स प्रा.लि.का श्री मिलन पन्त सह सभापति ,सुर्य क्रियसन प्रा.लि.का  श्री जानकी थापा मगर  , एस के स्टोरका श्री शैलेन्द्र न्यौपाने , नमस्ते एजुकेशन कन्सलटेन्सी प्रा.लि.का श्री गौरव देवकोटा , फ्लिकर आर्ट प्रा.लि.का श्री विष्णु बाबु पन्त ,पाथवे एजुकेशन प्रा.लि. का  श्री सरोज पाण्डे ,जुत्ता उत्पादक संघ नेपालका श्री आकाश भण्डारी मनोनित भएका छन्।