२०८१ भाद्र ३१ - माल्टा गणतन्त्रको ६०औँ स्वतन्त्रता दिवस एवं माल्टा र नेपालबीचको कूटनीतिक सम्बन्धको ४१औँ वार्षिकोत्सवको उपलक्ष्यमा माल्टाका राजदुत श्री रुबेन गौचीज्यूले सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूको प्रमुख आतिथ्यतामा होटल र्‍याडिसन , लाजिम्पाटमा सम्पन्न रिसेप्सन डिनर कार्यक्रममा यस संघका वरिष्ठ उपाध्यक्ष श्री जय प्रसाद शिवाकोटी , उपाध्यक्ष श्री रमानाथ श्रेष्ठ , उपाध्यक्ष श्री राजेन्द्र शेरचन , महासचिव श्री दुर्गा राज श्रेष्ठ , सचिव श्री शुष्मा महरा , कोषाध्यक्ष श्री प्रदिप मान प्रधान , सह कोषाध्यक्ष श्री नानीराज घिमिरे , का.सदस्य श्री उज्जवल जंग शाह , का.सदस्य श्री कुशन प्रधान , का.सदस्य श्री फुपु तेन्जिङ्ग शेर्पाले सहभागीता जनाउनु भएको थियो ।