नेपाल सरकार बागमती प्रदेशमा नवनियुक्त माननीय स्वास्थ मन्त्री श्री रामेश्वर श्रेष्ठ ज्यु , माननीय पर्यटन तथा सहकारी मन्त्री श्री शैलेन्द्रराज बज्राचार्यज्यु र माननीय उद्योग, वाणिज्य,भुमी तथा प्रशासन मन्त्री श्री प्रकाश श्रेष्ठज्यु लाई यस संघको सचिवालय कान्तिपथमा अध्यक्ष श्री दिनेश श्रेष्ठज्यु लगायत पदाधिकारी तथा कार्यसमिति सदस्यज्युहरु बाट स्वागत,सम्मान तथा सफल कार्यकालको शुभकामना व्यक्त गरीयो । उक्त प्रदेश सरकार र उद्योग वाणिज्य संघहरुको सहकार्यमा बागमती प्रदेशभित्रका उद्योग र व्यापारको विकास र प्रवद्र्धनका लागी के , कसरी , कस्ता कार्यहरु गर्न सकिन्छ भन्ने विषयमा छलफल गरीयो ।
साथै उक्त कार्यक्रम पश्चात यस संघले नियमित प्रकाशन गर्ने नेपाली नववर्ष २०८० को टेबुल क्यालेण्डर माननीय मन्त्रीज्यूद्वारा विमोचन समेत गरीयो ।