२०७८ पौष १२ , आन्तरिक राजश्व विभाग तथा
नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौ द्वारा सम्यूक्त रुपमा आयोजित कर सहभागीतामा विद्युतीय प्रणालिको उपयोग र आर्थिक एन २०७८ ले प्रदान गरेको छुट तथा सहुलियतका विषयमा
अन्तरक्रिया कार्यक्रम आन्तारिक राजश्व विभाग लाजिम्पाटको सभाकक्षमा सफलता पूर्वक सम्पन्न भएको छ ।
संघका तर्फवाट नेपाल उद्योग वाणिज्य महासंघका अपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौका अध्यक्ष श्री दिनेश श्रेष्ठले कार्यक्रममा उद्योगी व्यवसायीहरुको राजश्व संग सम्बन्धित समस्याहरुको वारे प्रकाश पार्नु भयो र संघ र विभाग विच यस प्रकारको सहकार्यलाई निरन्तरता दिदै काठमाण्डौ मित्र अन्य वस्तुगत संघहरु तथा क्षेत्रगत व्यवसायीक संघ संस्थाहरूसंग मिलेर आयोजना गर्दै जाने कुरा राख्नु भयो ।
कार्यक्रममा आन्तरिक राजश्व विभागका महानिर्देशक श्री शोभाकान्त पौड्याल, उप महानिर्देशक श्री अर्जुन प्रशाद भट्टराई, सुचना प्रविधि निर्देशक श्री चुडामणी ढुंगाना तथा शाखा अधिकृत श्री प्रदिप रेग्मी द्वारा व्यवसायीहरुले उठाएका जिज्ञासाहरु माथी प्रकाश पार्नु भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु , राजश्व सामितिका सदस्यहरु तथा विभिन्न विषयगत समितिका सदस्यहरू तथा अन्य वस्तुगत संघ संस्थाका प्रतिनिधिहरूको सहभागीता रहेको थियो।