नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष श्री दिनेश श्रेष्ठज्यूले कर , राजस्व तथा भन्सार समिति लाई पूर्णता दिनुभएको छ। उक्त समितिको सभापतिमा कार्यसमिति सदस्य एवं NEFFA का वरिष्ठ उपाध्यक्ष श्री राजेन्द्र संग्रौला छन् भने समितिका सह - सभापतिमा बिशाल बजार व्यापार संघका अध्यक्ष श्री नरेन्द्र कुमार गुप्ता छन। यसै गरी उक्त समितिमा राष्ट्रिय व्यापार संघका अध्यक्ष श्री सरोज कुमार श्रेष्ठ , जुत्ता चप्पल इम्पोर्टर्स संघका अध्यक्ष श्री थानेश्वर ज्ञवाली , मार्ट संचालक संघका अध्यक्ष श्री रंजित लामिछाने , खिचापोखरी न्युरोड व्यापार संघका निवर्तमान अध्यक्ष श्री गणेश कुमार न्यौपाने , NEFFA का उपाध्यक्ष नरेश कुमार अग्रवाल , फूटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका महासचिव श्री ज्ञानेन्द्र प्रसाद दाहाल , रन्जना व्यापार संघका सदस्य श्री महेश पौडेल ,नेपाल बितरक संघ का सचीव श्री नवराज दहाल लगायत यस संघका साधारण सदस्यहरु श्री कुमार खरेल , श्री सहदेव बन्जारा , श्री गणेश कार्की , श्री गणेश टन्डन लाई मनोनयन गरी मनोनयन पत्र वितरण गरिएको छ।