२०८१ असार २० - यस संघले व्यवसायमैत्री मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई आग्रह गर्दैे व्यवसायी आवाज कार्यक्रम शृंखला अन्तर्गत दोस्रो चरणको कार्यक्रम गर्दै मौद्रिक नीतिको लागि सुझाव प्रस्तुत गरेको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष श्री दिनेश श्रेष्ठले अहिले व्यवसाय र व्यवसायीहरु अप्ठेरोमा परेकोले अर्थतन्त्र चलायमान हुने गरि व्यवसाय मैत्री मौद्रिक नीति आउनु पर्ने , बैंकले कर्जा दिँदा ऋणीको पनि सहमति हुने गरेको उल्लेख गर्दै ऋणीलाई अप्ठेरो परेको बेला ऋणीलाई बैंकले सहयोग गर्नु पर्ने , जसरी बैंकलाई अप्ठेरो पर्दा राष्ट्र बैंकले सहयोग गर्छ त्यसरी नै ऋणीलाई अप्ठेरो पर्दा बैंकले सहयोग गर्ने बताउनु भएको थियो । त्यस्तै ऋणीलाई कालोसूचीमा राख्ने प्रावधान परिमार्जन गर्न माग गरेका छन् । कालोसूचीमा राख्नु ऋणीलाई मृत्युदण्ड दिए सरह भएको दाबी गर्दै पैसा भएर पनि ऋण नतिर्नेलाई मात्र कलोसूचीमा राख्न माग गरेका छन् । कर्जा लिनेले कर्जा दुरुपयोग गरेपनि कालोसूचीमा राख्न सकिने अध्यक्षको भनाई थियो । बैंकले गरेको मुल्यांकन वेवास्ता गरी बैंकको मिलोमतोमा कर्जा लिनेको सम्पत्ति वापत दिएको कर्जा भन्दा कम मुल्यांकन गरी सम्पत्ति लिलाम गर्ने र काम गरी खाने लाई सुकुमबासी बनाउने काम नगर्न पनि आग्रह गर्नु भएको थियो । कर्जा दिए पछि बैंकले पनि केहि जोखिम लिनु पर्ने , त्यस्तै संघले सम्पति व्यवस्थापन कम्पनी खडा गर्नु पर्ने, एक ठाउँमा केवाईसी भरे हुने व्यवस्था गर्नु पर्ने, ऋण लिंदा भर्नु पर्ने कागजात घटाएर एउटा मात्र हस्ताक्षर गरेर ऋण लिन सकिने व्यवस्था गर्नु पर्ने लगायतका सुझाव दिनु भएको थियो । चल्ती खाताको रकम कर्जामा सर्न सकिने तर व्यवसाय सम्बन्धि खर्च गर्न मासिक १ % मात्र कर्जा खाता बाट चल्तीमा सार्न पाइने व्यवस्था परिमर्जिन गरी कर्जा खाताबाट व्यवसायको तलब बहाल ब्याज भुक्तानी गर्न वा चल्तीमा सार्न कर्जा खाता साथै चल्ती खाता चलाउन पाउनु पर्ने माग पनि संघले गरेका थियो ।