२०८१ आषाढ १८ - यस संघ र नयाँ बानेश्वर व्यापार व्यवसायी संघसँग समसामयिक र व्यावसायिक विषयहरूमा छलफल लागी शंखमुलमा संयुक्त कार्यक्रम आयोजना गरी संघले मुलुकको पछिल्लो व्यावसायिक अवस्था र व्यवसायीहरूले भोगिरहेको समस्याका बारेमा छलफल गरेको थियोे । काठमाडौं उपत्यकाभित्र रहेका विभिन्न वस्तुगत संघहरूसँग भेटघाट गर्ने र स्थानीयस्तरका समस्याहरूबारे जानकारी लिई उजागर गर्ने संघको अभियान अन्तर्गत आज नयाँ बानेश्वर व्यापार व्यवसायी संघसँग छलफल गरिएको थियो । हामीले गरेको यो कार्यक्रमको आज तेस्रो एपिसोड हो । कार्यक्रममा व्यापार व्यवसाय खस्कँदो अवस्थामा रहेको, सरकारको स्पष्ट नीति नहुँदा साना व्यापारी व्यवसायीहरूमा अन्योलता सृजना भइरहेको, घरबहाल लिने/दिने सम्झौताका विषयमा समस्या रहेको तथा उचित र सहज पार्किङको व्यवस्था नभएका कारण व्यापार व्यवसायमा नकारात्मक प्रभाव परिरहेको विषयबारे छलफल भएको थियो । यस्तै, थोक व्यापारी र खुद्रा व्यापारी, अन्डर इन्भ्वाइसिङ, रि-प्याकेजिङ्ग, बजार अनुगमन, थ्रेसहोल्ड आदि विषयमा पनि कार्यक्रममा व्यापक रूपमा छलफल भएको थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठसहित वरिष्ठ उपाध्यक्ष जय प्रसाद शिवाकोटी, उपाध्यक्ष राजेन्द्र शेरचन, उपाध्यक्ष रमानाथ श्रेष्ठ, महासचिव दुर्गाराज श्रेष्ठ, सह-कोषाध्यक्ष नानिराज घिमिरे, कार्यसमिति सदस्यहरू राजेन्द्र संग्रौला, प्रेमहरि मैनाली, सागर शाक्य, शिशिर बहादुर गौतमलगायतको सहभागिता थियो ।