चौँथो वार्षिक साधारण सभा

२०८१ पौष २६ – एल्लो प्यागोडा होटल , कान्तिपथ, काठमाडौँमा यस संघका अध्यक्ष श्री दिनेश श्रेष्ठज्यूको अध्यक्षता तथा माननीय उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री श्री प्रकाशमान सिंहज्यूको प्रमुख आतिथ्यतामा यस संघको चौँथो वार्षिक साधारण सभा सम्पन्न भएको थियो । उक्त सभामा नेउवामहासंघका पूर्व अध्यक्ष श्री चण्डी प्रसाद ढकाल , नेपाल चेम्बर अफ कर्मशका वरिष्ठ उपाध्यक्ष श्री दिपक मलहोत्रा ,नेउवामहासंघ बागमती प्रदेशका अध्यक्ष श्री दिल सुन्दर श्रेष्ठले विशिष्ठ अतिथिको आतिथ्यता ग्रहण गर्नु भएको थियो । त्यसैगरी नेउवामहासंघका कार्यकारीणी सदस्यज्यूहरु , जिल्ला नगर उद्योग वाणिज्य संघ अध्यक्ष , पदाधिकारी एवं कार्यसमिति सदस्यहरु , विभिन्न वस्तुगत तथा क्षेत्रगत संघसंस्थाका अध्यक्ष , पदाधिकारी एवं कार्यसमिति सदस्यहरुले अतिथि आतिथ्यता ग्रहण गर्नु भएको थियो भने संघका सदस्यहरु , पत्रकारहरु व्यापक रुपमा सहभागी हुनुभएको थियो ।
उक्त सभामा अध्यक्ष दिनेश श्रेष्ठले समाज, राज्य र सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा बदलाव हुनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । शुक्रबार काठमाडौंमा आयोजित संघको चौथो वार्षिक साधारणसभामा उहाँले सरकारले अपेक्षा गर्दा पनि निजी क्षेत्रले देशको अर्थतन्त्रमा निरन्तर योगदान गरिरहेको बताउनुभएको थियो । सरकारले कुनै लगानी नगर्दा पनि निजी क्षेत्रले व्यवसायबाट प्राप्त नाफाबाट २५ देखि ४० प्रतिशतसम्म आयकर बुझाइरहेको बताउँदै यस्तोमा निजी क्षेत्र कसरी नाफाखोरी र माफिया हुन सक्छ भनी प्रश्न गर्नुभएका थिए ।
‘भन्सार, कर र राजस्व सरकारलाई बुझाएर व्यवसाय गरी हुने नाफाबाट सरकारलाई बिनालगानी आयकरका रूपमा २५ देखी ४० प्रतिशत को हिस्सेदार बनाई स्वआर्जन गर्ने वर्ग हो । राज्यको एकभन्दा बढी निकायमा दर्ता भएर काम गर्ने कसरी नाफाखोरी र माफिया हुन सक्छ ? समाज, राज्य र सरकारले हामीलाई हेर्ने दृष्टिकोण फरक होस् !’अध्यक्ष श्रेष्ठले नाफा हुँदा सबैलाई चित्त बुझाइसकेपछि अन्तिममा बचेको लिने र नोक्सानमा पनि सही समयका लागि धैर्य गर्न सक्ने वर्ग निजी क्षेत्र रहेको बताउनुभएको थियो ।‘निजी क्षेत्र भन्नेबित्तिकै आफैं काम गरी खाने वर्ग हो,’ ‘राज्यलाई कर र राजस्व, कामदारलाई रोजगार, बैंकलाइ ब्याज, घर/जग्गाधनीलाई बहाल दिने र नाफाबाट सबैलाई चित्त बुझाइसकेपछि अन्तिममा बाँकी रहे नाफाको रूपमा लिएर आफ्नो दैनिक खर्च कटाई बाँकी भए फेरि लगानी गर्ने, नोक्सान भए धैर्यपूर्वक सहेर राम्रो समय पर्खेर बस्ने साहस लिएको वर्ग हो ।’ बताउनुभएको थियो । अध्यक्ष श्रेष्ठले नियमसंगत रूपमा दर्ता भई कर तिरेर काम गर्छु भन्नेलाई सरकारले अनावश्यक दुःख दिन नहुने बरू नीतिगत सुधार गरेर सहजीकरण गरिदिनुपर्ने बताउनुभएको थियो । अन्यथा यसले गर्दा सानादेखि ठूला व्यापारीसम्म विस्थापित हुने अवस्था रहेको उनको भनाइ छ ।‘देशमा अहिले मागमै ह्रास आयो । आयात कम छ । अनि राजस्वमा कमी हुनु स्वाभाविक हो । तर राजस्व लक्ष्य जसरी पनि पाउनपर्छ भनी निर्देशन पाउने विचरा अधिकृतले के गरोस् !,’ उहाँले भने, ‘खुला सिमानाबाट हुने चोरीपैठारी नियन्त्रण गर्न नसक्ने अनि दर्ता गरी कर तिरी काम गर्छु भन्नेमाथि शंकाका भरमा दुःख दिने, ५००% सम्म जरिवाना लिने ऐन बन्नुभएन । दस्तुरी बुझाएर आउने अनि दस्तुरी उठाउनका लागि बहाना निकाल्ने गर्नाले साना मात्र होइन ठूला व्यापारीसमेत विस्थापित हुने अवस्था भएको बताउनुभएको थियो ।
उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको अर्थतन्त्र चलायमान बनाउन नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको भूमिका अतुलनीय रहेको बताउनुभएको थियो ।
उहाँले देशको अर्थतन्त्रलाई गति दिनमा संघको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको थियो । निजी क्षेत्रलाई सक्रियता बढाउन आग्रह गर्दै कहीँ केही समस्या भए सरकार त्यसको समाधानका लागि प्रतिबद्ध रहेको बताउनुभएको थियो । अब तपाईंहरू सक्रिय रूपमा लाग्नुस् । व्यावसायीले उठाउँदै आएको विषयलाई अहिलेको सरकारले ध्यान दिएको छ,’ उहाँले भन्नुभयो , ‘तपाईंहरू अघि बढ्दै जानुस् । समस्या कहाँ छ हामीलाई भन्नुस् ।’
साधारणसभामा संघले आगामी दिनमा व्यवसायको प्रवद्र्धन, नयाँ लगानीका अवसरको सिर्जना, र उद्योगी व्यवसायीहरूलाई अझ सशक्त बनाउन विभिन्न योजना अघि बढाउने घोषणा गर्यो। संघका अध्यक्षले निजी क्षेत्रको हितमा अझ बढी काम गर्ने प्रतिबद्धता जनाउँदै भने, “संघले सरकार र निजी क्षेत्रबीचको पुलको रूपमा काम गर्दै अर्थतन्त्रलाई सबल बनाउन सहयोग पुर्याइरहेको छ । आगामी दिनमा थप व्यवसायमैत्री वातावरण सिर्जना हाम्रो प्राथमिकता हुनेछ ।” साधारणसभामा सहभागी सदस्यहरूले संघको नेतृत्व र योगदानको प्रशंसा गर्दै उद्योगी व्यवसायीहरूको समस्या समाधानमा संघको सक्रिय भूमिकाको अपेक्षा गरेका थिए । नेपाल उद्योग वाणिज्य संघ काठमाडौँको चौँथो साधारण सभा व्यवसायी र सरकारबीच सहकार्यलाई अझ प्रगाढ बनाउन सहयोग पुर्याउने महत्तवपूर्ण मञ्च भएको थियो ।

Section Title

चौँथो वार्षिक साधारण सभा

२०८१ पौष २६ – एल्लो प्यागोडा होटल , कान्तिपथ, काठमाडौँमा यस संघका अध्यक्ष श्री दिनेश श्रेष्ठज्यूको…

बजार अनुगमन-दृष्टिकोण र धारणा विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम

२०८१ मंसिर १४ – यस संघका अध्यक्ष श्री दिनेश श्रेष्ठको सभापतित्व एवं वाणिज्य , आपूर्ति तथा उपभोक्ता…

विश्व लगानीकर्ता सप्ताह २०२४

२०८१ कार्तिक ०६ – नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष श्री दिनेश श्रेष्ठज्यूको…

नेपाल निर्यात परिषद् ( ECON ) द्वारा आयोजित 1st ECON President Cup Futsal Tournament 2081 मा First Runner up उपाधि 

२०८१ असोज ०३ – नेपाल निर्यात परिषद् ( ECON ) द्वारा आयोजित 1st ECON President Cup Futsal…

होटल र्‍याडिसन , लाजिम्पाटमा माल्टाका राजदुत श्री रुबेन गौची लाई संघको तर्फबाट स्वागत

२०८१ असोज ०३ – होटल र्‍याडिसन , लाजिम्पाटमा माल्टाका राजदुत श्री रुबेन गौची लाई संघको तर्फबाट…

माल्टा गणतन्त्रको ६०औँ स्वतन्त्रता दिवस एवं माल्टा र नेपालबीचको कूटनीतिक सम्बन्धको ४१औँ वार्षिकोत्सव

२०८१ भाद्र ३१ – माल्टा गणतन्त्रको ६०औँ स्वतन्त्रता दिवस एवं माल्टा र नेपालबीचको कूटनीतिक…

उपप्रधान तथा अर्थमन्त्री श्री विष्णु पौडेलसँग अर्थमन्त्रालयमा भेटवार्ता

२०८१ श्रावण ३ – उपप्रधान तथा अर्थमन्त्री श्री विष्णु पौडेलसँग अर्थमन्त्रालयमा यस संघका…

व्यवसायमैत्री मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई आग्रह

२०८१ असार २० – यस संघले व्यवसायमैत्री मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई आग्रह गर्दैे …

नयाँ बानेश्वर व्यापार व्यवसायी संघसँग समसामयिक र व्यावसायिक विषयहरूमा छलफल

२०८१ आषाढ १८ – यस संघ र नयाँ बानेश्वर व्यापार व्यवसायी संघसँग समसामयिक र व्यावसायिक विषयहरूमा…