कृषि , पर्यटन तथा उद्योग समितिलाई पूणर्ता

अमृत भोग  इभेन्ट भेन्यु , कालिकास्थानमा  यस नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष श्री दिनेश श्रेष्ठले  कृषि , पर्यटन तथा उद्योग समितिलाई पूणर्ता दिएको थियो ।  उक्त समितिको सभापतिमा संघका सह – कोषाध्यक्ष  एवं  नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणि सदस्य श्री नानिराज घिमिरे छन् । यसै गरी सहसभापतिमा नेपाल समुन्द्र निकासी पैठारी संघका का. सदस्य श्री राम चन्द्र खेतान छन् । उक्त समिति अन्तर्गत कृषि उपसमिति , पर्यटन उपसमिति र उद्योग उपसमिति गठन गरीएको छ । समितिमा तपशिल बमोजिमका उद्योगी , व्यवसायीहरुलाई मनोनित गरी मनोनयन पत्र वितरण गरिएको थियो । उद्योग समिति अन्तर्गत सदस्यहरुमा रामचन्द्र खेतान, होमनाथ उपाध्याय, कुमार तिमिलसिना, विश्व नाथ खनाल, अजय सिंह कार्की, हरिप्रसाद भण्डारी, धुर्व गौत्तम, विजय अधिकारी छन् ।कृषि उपसमितितर्फ अजित बजगाईं, सरोज श्रेष्ठ, हिरामणि शर्मा र अनिस अग्रवाल छन् ।त्यस्तै, पर्यटन उपसमितितर्फ गंगा प्रसाद नेपाल, केदार नाथ कट्टेल, कृष्णबहादुर सुवेदी, शिवप्रसाद पौडेल र ऋषिराम अर्याल नियुक्त भएको महासचिव दुर्गाराज श्रेष्ठले जानकारी दिए ।मनोनित भएका सम्पूर्णलाई मनोनयन पत्र वितरण गरिएको छ ।समितिको वैठकमा नेपालको उत्पादन क्षेत्र विकास र प्रवद्र्धन गर्ने बारे बृहत  छलफल समेत भएको थियो । 

Share on facebook
Facebook
Share on whatsapp
WhatsApp
Share on linkedin
LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *