Luncheon Interaction Program with Indian Delegates

२०८०  असोज २१ – याक प्यालेस , पुल्चोकमा गोदावरी उद्योग वाणिज्य संघ, चन्द्र्रागिरि उद्योग वाणिज्य संघ , यस संघ र छिमेकी मुलुक भारतबाट फुड , बेभरेज एण्ड हस्पिटालिटि एक्जिभिजन मा भाग लिन आउनुभएका उद्योगी व्यवसायीहरु बीच (Luncheon Interaction Program with Indian Delegates ) अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको थियो । 

महिला उद्यमीहरुलाई कर सम्बन्धि तालिम कार्यक्रम

२०८० असोज १६ र १७  –  नेपाल उद्योग  वाणिज्य महासंघ संग  सहकार्य गरी होटल खुसि खुसि , मातातिर्थमा GIZ  को प्राविधिक सहयोगमा महिला उद्यमीहरुलाई कर सम्बन्धि तालिम कार्यक्रम  आयोजना गरिएको थियो। उक्त कार्यक्रमको उद्घाटन सम्मरोहमा  चन्द्रागिरि उद्योग वाणिज्य संघका अध्यक्ष श्री कृष्ण भक्त श्रेष्ठ ,का. सदस्य श्री राम कुमार थापा , का.सदस्य  गीता देवी भुसाल , यस संघका उपाध्यक्ष श्री रमा नाथ श्रेष्ठ , श्री राजेन्द्र शेरचन , महासचिव श्री दुर्गा राज श्रेष्ठ , कोषाध्यक्ष श्री प्रदीप मान प्रधान , का.सदस्य श्री राजेन्द्र संग्रौला , का. सदस्य श्री शिशिर बहादुर गौतम , वडा नं ८ का सदस्य श्री स्वस्थानी सुर्खेती को सहभागिता थियो ।  उक्त तालिम चार्टर्ड एकाउन्टेन्ट बाट  ७५ जना महिला उद्यमीहरुलाई दिईएको थियो । 

तेस्रो वार्षिक साधारण सभा उद्घाटन कार्यक्रम

२०८० असोज ५ गते शुक्रबार , होटल अलफ्ट , ठमेलमा  अर्थ सचिव श्री कृष्ण हरी पुष्करज्यू  द्वारा यस संघको तेस्रो वार्षिक साधारण सभाको उद्घाटन समारोह सम्पन्न   

उद्योगी व्यवसायी , नेपाल राष्ट्र बैंक तथा बैंकरहरु विच “वित्तिय समस्या र समाधान ” विषयक अन्तरक्रिया कार्यक्रम

२०७९ अशोज ११ गते नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौ द्वारा उद्योगी व्यवसायी , नेपाल राष्ट्र बैंक तथा बैंकरहरु विच “वित्तिय समस्या र समाधान ” विषयक अन्तरक्रिया कार्यक्रम होटल येलो प्यागोडा, कान्तिपथमा सम्पन्न गर्‍यो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले वर्तमान वित्तिय समस्या र समाधान वारे देशै भरिका विभिन्न उद्योगी व्यवसायीहरु, जिल्ला उद्योग वाणिज्य संघहरू तथा वस्तुगत संघहरू वाट संकलन गरिएका बैकिंग सम्बन्धित समस्याहरू र समाधान वारे तयार गरिएको ज्ञापन पत्र नेपाल राष्ट्र वैंकका निर्देशक इश्वरी प्रसाद भट्टराई र वैंकर्स संघ नेपालका अध्यक्ष अनिल उपाध्याय लाई हस्तान्तरण गरेको थियो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ वाट उपाध्यक्ष अन्जन श्रेष्ठ , उद्याेग वाणिज्य महासंघ बागमति प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठ तथा केन्द्रीय कार्यसमिति सदस्यहरुको उपस्तिथि रहयो । कार्यक्रममा काठमाण्डौ जिल्लाका उद्योगी व्यवसायीहरु, बस्तुगत संघहरू , नेपाल उद्याेग वाणिज्य महासंघ संग आवद्ध जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरु र वस्तुगत संघहरु को उल्लेख्य सहभागीता रहेको थियो ।

यस संघद्धारा चाँडपर्वको मुखमा बजारमा आउन सक्ने समस्याहरु , वजार व्यवस्थापन , वैङ्क व्याज सम्बम्न्धि, वजार अनुगमन लगायत विभिद समसामहिक विषयहरुमा विभिन्न वस्तुगत संघ सस्थाहरु तथा काठमाण्डौका व्यवसायीहरू संग एउटा कार्यक्रम विच छलफल गरियो।

२०७९ भाद्र १९ गते होटल Yellow Pagoda , कान्तिपथमा नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौ द्धारा चाँडपर्वको मुखमा बजारमा आउन सक्ने समस्याहरु , वजार व्यवस्थापन , वैङ्क व्याज सम्बम्न्धि, वजार अनुगमन लगायत विभिद समसामहिक विषयहरुमा विभिन्न वस्तुगत संघ सस्थाहरु तथा काठमाण्डौका व्यवसायीहरू संग एउटा कार्यक्रम विच छलफल गरियो।

नेपाल उद्योग वाणिज्य संघ काठमाडौ को तर्फ बाट काठमाडौ महानगरपालिकाको आ व २०८९/८० को लागि नीति तथा कार्यक्रम को लागि काठमाडौ का प्रमुख श्री बालेन्द्र शाह ज्यु लाई लिखित सुझाव पेस गर्नु हुँदै यस संघका कर तथा राजस्व समितीका सभापति श्री नानी राज घिमिरे।

२०७८ पौष १२ , आन्तरिक राजश्व विभाग तथा नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौ द्वारा सम्यूक्त रुपमा आयोजित कर सहभागीतामा विद्युतीय प्रणालिको उपयोग र आर्थिक एन २०७८ ले प्रदान गरेको छुट तथा सहुलियतका विषयमा अन्तरक्रिया कार्यक्रम

२०७८ पौष १२ , आन्तरिक राजश्व विभाग तथा नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौ द्वारा सम्यूक्त रुपमा आयोजित कर सहभागीतामा विद्युतीय प्रणालिको उपयोग र आर्थिक एन २०७८ ले प्रदान गरेको छुट तथा सहुलियतका विषयमा अन्तरक्रिया कार्यक्रम आन्तारिक राजश्व विभाग लाजिम्पाटको सभाकक्षमा सफलता पूर्वक सम्पन्न भएको छ । संघका तर्फवाट नेपाल उद्योग वाणिज्य महासंघका अपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौका अध्यक्ष श्री दिनेश श्रेष्ठले कार्यक्रममा उद्योगी व्यवसायीहरुको राजश्व संग सम्बन्धित समस्याहरुको वारे प्रकाश पार्नु भयो र संघ र विभाग विच यस प्रकारको सहकार्यलाई निरन्तरता दिदै काठमाण्डौ मित्र अन्य वस्तुगत संघहरु तथा क्षेत्रगत व्यवसायीक संघ संस्थाहरूसंग मिलेर आयोजना गर्दै जाने कुरा राख्नु भयो । कार्यक्रममा आन्तरिक राजश्व विभागका महानिर्देशक श्री शोभाकान्त पौड्याल, उप महानिर्देशक श्री अर्जुन प्रशाद भट्टराई, सुचना प्रविधि निर्देशक श्री चुडामणी ढुंगाना तथा शाखा अधिकृत श्री प्रदिप रेग्मी द्वारा व्यवसायीहरुले उठाएका जिज्ञासाहरु माथी प्रकाश पार्नु भएको थियो । अन्तरक्रिया कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु , राजश्व सामितिका सदस्यहरु तथा विभिन्न विषयगत समितिका सदस्यहरू तथा अन्य वस्तुगत संघ संस्थाका प्रतिनिधिहरूको सहभागीता रहेको थियो।

नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौ द्वारा महत्वपूर्ण चार वटा समितिहरुको गठन

२०७८ पौष ५ गते नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौ द्वारा महत्वपूर्ण चार वटा समितिहरुको गठन गरेको छ । होटल प्यासाफिक, कान्तिपथमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा नेपाल उद्योग वाणित्य संघ काठमाण्डौका अध्यक्ष श्री दिनेश श्रेष्ठले वाणिज्य तथा आपूर्ति ,भन्सार ,सुचना प्रविधि तथा व्यापार मेला समितिका सदस्यहरलाई मनोनयन पत्र वितरण गरेको छ । समितिका समापति श्री दुर्गा राज श्रेष्ठ ( वाणिज्य तथा आपूर्ति समिति), श्री सदिश श्रेष्ठ ( व्यापार मेला समिति), श्री दिपक भण्डारी ( सुचना प्रविधि समिति) र राजेन्द्र संग्रौला (भन्सार समिति) अन्तर्गतका समितिहरुमा ३० जना विभिन्न वस्तुगत संघ , क्षेत्रगत व्यवसायी संघ र उद्योगी व्यवसायीहरूलाई मनोनयन गरी मनोनयन पत्र वितरण गरेको छ । उक्त कार्यक्रममा यस संघका कार्यसमिति सदस्य श्री प्रदिप मान प्रधान लाई नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालको कार्यसमिति सदस्यमा निर्वार्चित हुनुभएकोमा बधाई दिने कार्यक्रम समेत रहेको थियो।

नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौ द्वारा जिल्ला प्रशासन कार्यलय काठमाण्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रशाद रिजाल लाई स्वागत गर्दै

नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौ द्वारा जिल्ला प्रशासन कार्यलय काठमाण्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रशाद रिजाल लाई स्वागत गर्दै चाँड पर्व नजिकिदै गर्दाको अवस्थामा आपूर्ति सहज गर्ने , वजार अनुगमन लाई व्यवस्थित गर्ने , सामान ढुवानी गर्ने समयाअवधि थप गर्ने, मदिरा जन्य पदार्थको विक्री वितरणको समयाअवधि थप गर्ने ,जग्गा मूल्याङकन , कोरोना माहामारी नियत्रण गर्न सावधानी लिने लगायत समसामयीक विषयहरुमा छलफल गरियो । छलफल कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी , माहानगरीय ट्राफिक प्रहरी प्रभागका एस एस पी जनक भट्टराई , नेपाल उद्योग वाणिज्य संघ काडमाण्डौका उपाध्यक्ष हेमराज ढकाल , जय प्रशाद शिवाकोटी, राजेन्द्र शेरचन ,महासचिव रमानाथ श्रेष्ठ, सह कोषाध्यक्ष दुर्गाराज श्रेष्ठ तथा कार्यसमिति सदस्य श्री सदिश श्रेष्ठ, महेन्द्र कुमार गोयल , नानीराज घिमिरे, गोविन्द प्रशाद बराल ,अमूल काजी तुलाधर , शंकरापुर उद्योग वाणिज्य संघ का अध्यक्ष सुरेन्द्र वहादर श्रेष्ठ तथा सदस्य सत्यनारायण श्रेष्ठ को सहभागीता थियो ।